पदक विजेता सम्मानित

ts1e
दोश्रो थानेश्वर राई खुला अन्तर्राष्ट्रिय करातेमा पदक जित्न सफल आफ्ना खेलाडीलाई नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजा, बुढानीलकण्ठले शनिबार नगदसहित सम्मान गरेको छ ।
मंसिर २४ देखि २५ गतेसम्म झापाको सनिश्चरेमा भएको प्रतियोगितामा नेपालको उत्तरी प्रमुख शाखा डोजा, बुढानीलकण्ठ ४ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ टिम उपविजेता बनेको थियो ।
सुष्मा तामाङ, अविनाश चौधरी, वीरबहादुर वाइबा र रोहित बुढाथोकीले स्वर्ण जितेका थिए । सुष्मा महिलातर्फ उत्कृष्ट खेलाडी पनि घोषित भएकी थिइन् । किरण तामाङ, सुजन श्रेष्ठ र सनम लामाले रजत हात पारेका थिए । किरणले किक बक्सिङमा पनि कांस्य जिते । त्यस्तै सुशील पौडेल, रोशनी तामाङ, राकेश ठकुरी र पारुहाङ राईले कांस्य हासिल गरे ।
सो प्रतियोगतामा रेफ्रीको भूमिका निर्वाह गरेका सानुबाबु तामाङ र सेशुका राई, टिम प्रशिक्षक प्रेमलाल बमजन र व्यवस्थापक दिनेश सिवाकोटीलाई पनि सम्मान गरियो । स्वर्णलाई २ हजार ५ सय, रजतलाई २ हजार र कांस्यलाई १ हजार ५ सय नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, करातेका संस्थापक थानेश्वर राई, नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे र महासविच केदारबाबु सिवाकोटी, डोजोका अध्यक्ष बालकृष्ण श्रेष्ठ र उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतले सम्मान गरे ।
त्यसै अवसरमा सदस्य–सचिव विष्ट र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि सम्मानित भए ।

Comment