न्युडायमण्ड, पुलिस र पश्चिमाञ्चल विजयी

prativaeढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा न्युडायमण्ड, पश्चिमाञ्चल र नेपाल पुलिस क्लब  विजयी भएका छन् ।नयाँ बसपार्कमा भएको प्रतियोगितामा न्युडायमण्डले नेपाल आर्मीलाई २५–२० २५–२ र २५–१९ को सोझो सेटमा पराजित गरेको छ । प्रतियोगितामा एपिएफ सँगमात्र पराजित भएको न्युडायमण्ड दोस्रो स्थानमा यथावत रहेको छ ।  अन्य खेलमा पश्चिमाञ्चलले धादिङ कलाकारलाई २५–९, २५–१४ र २५–११ को सेटमा हरायो । यसैगरी नेपाल पुलिस क्लबले बुटवलको एभरेष्ट स्कुललाई २५–११ २५–११ र २५–२० ले पराजित गरेको छ ।

Comment