पश्चिमाञ्चल विरुद्ध पुलीसको रोमाञ्चक जित

dhorpatane

सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा बिहिबार पुलिसले रोमाञ्चक जित हात पारेको छ । पश्चिमाञ्चलविरुद्धको खेलमा पुलीसले ३–२ को प्रतिस्पर्धात्मक सेटहरुमा जित दर्ता गरेको थियो । पश्चिमाञ्चलसगँ पुलीसले पहिलो सेट २५–२३ को सघंर्ष पुर्ण जित निकाल्दै उसलाई दबाबमा राख्यो । निकै रोमाञ्चक बनेको दोस्रो सेट पश्चिमाञ्चलले २५–२० ले  जिते पछि खेलले  नयाँ मोड लियो । निकै प्रतिस्पर्धात्म बनेको तेस्रो सेटमा  पुलीसले २६–२४ ले बाजी मा¥यो । चौथो सेटमा पश्चिमाञ्चलले उत्कृष्ट पुनरागमन गर्दै पुलिसलाई २५–१५ मा रोक्यो ।  निर्णायक सेटमा भने पुलीसले उत्कृष्ट प्रदर्शन गर्दै पश्चिमाञ्चलाई १५–११ ले रोक्यो । यसअघि पहिलो खेलमा अर्को विभागीय टोली नेपाल आर्मीले जित हात पा¥यो । आर्मीले बुटवलको एभरेस्ट स्कुललाई सोझो सेटमा हराएको थियो । आर्मीले पहिलो सेट २५–१६,दोस्रोे २५–१८ र तेस्रो सेट पनि २५–१० ले जित्दै खेलमा सहज जित दर्ता ग¥यो ।
बिहिबारबाट प्रतियोगिताको सबै टोलीको पहिलो लिगको खेल सकिएको छ । तथापी प्रतियोगिताको दुई बलियो टोली एपीएफ र न्यु डायमण्डको भने यसअघि नै पहिलो लिगको खेल सकिएको थियो । लिगमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब शीर्ष स्थानमा छ । १५ खेल खेलेको एपीएफको ४५ अकं छ । एपीएफ लिगकै एक मात्र अपराजित टोली हो । दोस्रो स्थानमा रहेको न्यू डायमण्डको १२ खेलबाट ३३ अकं छ । न्यू डायमण्डले पनि एपीएफसगँको एक खेल मात्र गुमाएको छ । तेस्रो स्थानमा पुलिसले ९ जित र दुई हार बेहोर्दै २७ अकं जोडेको छ ।  चौथो स्थानमा पश्चिमाञ्चल भलिबल सघं छ ।  पश्चिमाञ्चलले ८ जित र ३ हार बेहोर्दैै २४ अकं जोडेको छ । ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले दुई लाख ६० हजार तथा उपविजेता टोलीले १ एक लाख ३० हजार रुपैया प्राप्त गर्नेछन् ।

Comment