कोरियन एम्बेस्डर खुल्ला राष्ट्रिय तेक्वान्दो शनिबारदेखि

raek ambs1
नेपाल तेक्वान्दो सघं र कोरियाली राजदुतावासको तत्ववाधानमा सातौँ राष्ट्रिय कोरियन एम्बेस्डर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पुष ४ देखि शुरु हुने भएको छ । काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमिती र ललितपुर जिल्ला तेक्वान्दो कार्यसमितीको सयंक्त आयोजनामा त्रिपुरेश्वरस्थीत नेपाल खेलकुद पत्रकार मञ्चमा आयोजीत पत्रकार सम्मेलनमा प्रतियोगिता तीनदिनसम्म चल्ने आयोजक समितीका प्रमुख मणिराज विष्टले जानकारी दए । ललितपुरस्थीत नेपाली सेनाको शारिरिक तालीम तथा खेलकुद केन्द्रमा हुने प्रतियोगितामा ५० जिल्ला,नेपाल आर्मी,पुलिस र ससस्त्र गरी करिब २ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा  पुम्से र ग्यरोगी गरी ३२ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पुरुष र महिलाको सिनियरमा फिन,फ्लाई, भ्यान्टन,फिदर, लाइज्ट, वेल्टर,मिडल र हेभ्भीतर्फ खेल हुनेछ । जुनियरतर्फ पुरुष तथा महिलाको (१४ भन्दा माथि १७ वर्ष) ४५ देखि ५५ केजी सम्म र १४ वर्ष मुनि पुरुष तथा महिलाको ४१ देखि २९ केजी तौलसम्मको खेल हुनेछ । जसअन्तर्गत पारातर्फ पुरुष तथा महिलाको के–४१ बिधाको प्रदर्शनी खेल हुने पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले बताए । कुल ४२ लाख लागत रहेको प्रतियोगिता सन् २०१५ को शुरुवातैमा नै सम्पन्न हुने भएता पनि भूकम्पका कारण रोकीएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने प्रतियोगितामा कोरियाली राजदुतावासले ४ लाख ७९ हजार प्रायोजन गरेको ललीतपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष मणी विष्टले जनाए ।

Comment