सागका लागि पुरुष भलिबल टोलीको छनोट

male volleyball2भारतमा हुने  १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि भलिबल खेलाडीको छनोट मगंलबार भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा भलिबल सघंका उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ,मुख्य भलिबल प्रशिक्षक सुदेश रिमाल,वरिष्ठ भलिबल प्रशिक्षक सलिना श्रेष्ठ र नेपाल भलिबल सघंका केन्द्रीय सदस्य लेखनाथ शर्मा पराजुलीको छनोट समीती सागका भलिबल खेलाडीको छनोट गरेका थिए ।पुरुष तथा महिलादुबै तर्फ समान १२–१२ खेलाडीको छनोट गरीएको छ । पुरुषतर्फ ओपन स्पाइकरमा पश्चिमाञ्चलका विजय थापा,पुलीसका चन्द्र बहादुर कुँवर,कुल बहादुर थापा र आर्मीका मान बहादुर श्रेष्ठ छनोट भएका छन् । क्वीकरमा पुलीसका सञ्जय अर्याल एपीएफका महेन्द्र श्रेष्ठ,आर्मीका भैरब बम,ब्याक स्पाइरमा पुलीसका देब राज शर्मा,एपीएफका शुरेश कुमार थारु,सेटरमा पुलिसका इम राना मगर,आर्मीका हरी हजुर थापा तथा लिब्रोमा एपीएफका पुष्प जगं मल्ल छन् । बैकल्पीक खेलाडीमा आर्मीका भरत भण्डारी,जगत सिं,एपीएफका डायमण्ड बाबु बस्नेत,दिनेश गिरी र पुलिसका समशेर चन्द पर्न सफल भए ।

Comment