सागका लागि भलिबल टोलीको छनोट

volleyball1
भारतमा हुने  १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि भलिबल खेलाडीको छनोट मगंलबार भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा भलिबल सघंका उपाध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा ,मुख्य भलिबल प्रशिक्षक सुदेश रिमाल,वरिष्ठ भलिबल प्रशिक्षक सलिना श्रेष्ठ र नेपाल भलिबल सघंका केन्द्रीय सदस्य लेखनाथ शर्मा पराजुलीको छनोट समीती सागका भलिबल खेलाडीको छनोट गरेका थिए ।
पुरुष तथा महिलादुबै तर्फ समान १२–१२ खेलाडीको छनोट गरीएको छ । महिलातर्फ पनि एपिएफका खेलाडीले नै बर्चस्व कायम गरे ।  टोलीको ओपन स्पाइकरमा न्युडायमण्डकी प्रतिभा माली,एपीएफकी खेलाडीद्धय सरस्वती चौधरी र नेबिका चौधरी,पश्चिमाञ्चलकी मञ्जू गूरङ,क्वीइकरमा पुलीसकी कोपीला उप्रती,एपीएफकी उषा विष्ट र पश्चिमाञ्चलकी मनिषा चौधरी,ब्याक स्पाइकमा एपीएफकी रेश्मा भण्डारी र पश्चिमाञ्चलकी अरुणा शाही छिन् । सेटरमा एपीएफकी विनिता बुढाथोकी,डायमण्डकी कृपा अधिकारी र लिब्रोमा पुलिसकी कमला पुन टोलीमा पर्न सफल भए । बैकल्पीक खेलाडीमा पुलीसकी निता शाह,पार्वती अर्याल,सुधा थापा,आर्मीकी मनिषा खाँड र एपीएफकी ज्योती चौधरीले स्थान बनाएका छन् । बैकल्पिक खेलाडीले भने छनोट खेलाडि खेल्न नसक्ने अवस्थामा स्थान पाउने छन् ।

Comment