नेपालसंग युएइ पराजित

cricket logo
नेपालले एसीसी अन्डर नाइन्टीन प्रीमीयर लिग क्रिकेट प्रतियोगितामा नेपालले युएइलाई पराजित गरेको छ । शनीबार कुबेतको टेकटाक क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएइलाई ९४ रनले पराजित गर्यो । नेपालले छाडेको २५१  रनको लक्ष्य पछ्याएको युएइ ४४.३ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १५६ रनमा सिमित भयो । युएइका बरुना परेराले सर्वाधीक ५७ तथा कात्र्तिक शेखरले ५२ रन जोडे । युएइ कुनै समय तीन विकेटको क्षतीमा १२९ रनको अबस्थामा थियो । नेपालका दिपेन्द्र सिंह ऐरीले ६.३ ओभरमा १९ रन खर्चीदै तीन विकेट लिए । इर्साद अहमदले १० ओभरमा २८ रन खर्चीदै दुइ विकेट लिए । सौरभ खनाल, अरिफ शेख,सुसील कडेल र सुनील धमलाले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले नौ विकेटको क्षतीमा २५० रन जोड्यो ।  नेपालका लागि म्यान अफ द म्याच घोषित अरिफ शेखले सर्वाधीक ६० रन जोडे । शंकर रानो ४८, प्रेम तामांगले ५२ तथा योगेन्द्र सिंह कार्कीले ३५ रनको योगदान गरे ।

Comment