तेक्वान्दोको चारदिने राष्ट्रिय रेफ्री सेमीनार शुरु

taek1
नेपाल तेक्वान्दो सघंको वार्षिक कार्यक्रम अनुसार सातौँ राष्ट्रिय रेफ्री सेमिनार, आठौँ राष्ट्रिय रेफ्री रिफ्रसर कोर्ष तथा प्रथम पुम्से रेफ्री सेमिनार मगंलबारदेखि शुरु भएको छ ।
सेमिनारको राष्ट्रि खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले पानसमा दिप प्रज्वलन गरेर उद्धघाटन गरे । सो अवसरमा तेक्वान्दो सघंका अध्यक्ष प्रकाश सम्सेर राणा र महासचिव दीपराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
चारदिने रेफ्री सेमिनारमा रिफ्रेसरतर्फ ८७, नयाँ रेफ्री ५१ र पुम्सेतर्फ १०७ जनाको रेफ्रीको सहभागिता रहेको छ । पहिलो दिनको ग्योरोगीतर्फ इन्स्ट्रक्टर नोर्बु लामा र तेक्वान्दोका मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

Comment