अधीकारीबाट जुडो प्रशिक्षणको निरिक्षण

judo badri1
दक्षिण एसियाली खेलकुदका तयारीका जुडो संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधीकारीले सोमबार जुडो प्रशिक्षणको निरिक्षण गरे । सो समयमा खेलाडी तथा प्रशिक्षकहरुले समस्याको बारे अबगत गराए । दक्षिण एसियाली खेलकुद( साग)का लागि घोषित १२ सदसीय टोलीका १० जना केन्द्रीय जुडो प्रशिक्षण केन्द्रमा उपश्थित थिए । यातायात कठिनाइका कारण पामका मनीता श्रेष्ठ प्रधान र इन्द्र बहादुर श्रेष्ठले पुरानै प्रशिक्षण केन्द्रमा प्रशिक्षण गरिरहेका छन् । जुडो टोलीलले १५ जनवरी देखि भारतमा प्रशिक्षण पाउने छ ।
अधीकारीले डा. प्रधास प्रधानसंग समन्वय गर्दै आबस्यक डाइट उपलब्ध गराउने जनाए । यसैगरी, आबस्यक पर्ने क्रससम्याट हुसेन ,स्टकवाच र पानीको ब्यबस्था गर्न अधीकारीले पहल सुरु गरिसकेका छन् । हाल खेलाडी आफैले तातोपानीको ब्यबस्था गरेका छन् । जुडो गी   मुजोकाइ रबरको पनि ब्यबस्थाका  लागि सदस्य अधीकारीले पहल सुरु गरेका छन् । साताको तीन दिन जिम हलको ब्यबस्थागर्न तथा प्रशिक्षण समयमा सागसंग सम्बन्धीत खेलाडी मात्र उपश्थित हुने वातावरण बनाउन खेलाडीहरुले आग्रह गरेका छन् ।

Comment