एपीएफ उपाधि तर्फ लम्कदै

साविक विजेता एपिएफ र उपविजेता न्यू डायमन्डले ११औं सस्करणको ढोरपाटन ब्लु स्काई डबल लिग महिला भलिबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । नयाँबसपार्कस्थित कोर्टमा शुक्रबार भएको खेलमा एपीएफले लगातार नवौं तथा न्यू डायमन्डले सातौ जित हात पारेका हन ।  सशस्त्र प्रहरीको एपीएफ क्लबले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको एपीएफले त्यसपछिको दुई सेट २५–१५ र २५–१६ को जित हात पा¥यो । अपराजित एपीएफको ९ खेलबाट २७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । यता लगातार सातौ जित निकालेको न्यू डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई २५–७, २५–१९, २५–१६ को सहज जित निकाल्यो । चन्डेश्वरी युवा क्लब रामेछाप र श्री जानकी उच्च मावि चितवनको निकै रोमाञ्चक बनेको खेलमा रामेछाप ३–१ ले अघि रह्यो । चण्डेश्वरीले पहिलो सेट १४–२५ ले गुमाए पनि बाँकी ती सेट २५–११, २५–१५ र २५–२२ ले आफ्नो पक्षमा पा¥यो । एन्जल्स् हर्टले विन्दावासिनी माथि २५–१९, २५–७ र २५–१४ को सहज जित निकाल्यो । यस्तै शुक्रबार नै भएको खेलमा पश्चिमाञ्चल भलिबल संघले धादिङ कलाकार संघमाथी २५–१०, २५–१० र २५–७ कै सहज जित हात पा¥यो ।

Comment