एपीएफ र न्यु डाइमन्डको उपाधि यात्रा

फाइल तस्बिर
फाइल तस्बिर

उपाधि दाबेदार एपिएफ र न्यु डायमन्ड एकेडेमीले ११औं ढोरपाटन डबल लिग महिला भलिबलमा अपराजित यात्रालाई निरन्तरता दिएका छन । नयाँ वसपार्कस्थितकोर्टमा बिहिबार भएको खेलमा एपीएफले प्रतियोगितामा लगातार आठौं जित हात पारेको हो । शिर्ष प्रतियोगिताको सुरुआत देखी नै शिर्ष स्थानमा रहेको एपिएफको २४ अंक छ । यसैगरी अंक तालिकाको दोस्रो स्थानमा रहेको डायमन्डले १८ अंक जोडेको छ । डिफेन्डिङ च्याम्पियन एपिएफले पश्चिमाञ्चल भलिबल संघलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार आठौं जित निकालेको हो ।
पहिलो सेट २५–१३ ले जितेको एपीएफले तयसपछिको बाँबी सेट क्रमश २५–११, २५–१४ ले जित्यो । त्यस्तै साविकको उपविजेता न्यू डायमन्डले चन्डेश्वरी युवा कलबलाई ३–० कै सेटमा हरायो । पहिलो सेट २५–५ र दोस्रो सेट २५–२ ले जितेको डायमन्डले तेस्रो सेट २५–१२ ले जित्यो । यसैगरी एभरेस्ट स्कुलले विन्दावासिनी स्कुललाई २५–१३, २५–४ र २५–११ ले हरायो । त्रिभुवन आर्मीले जानकी स्कुलाई ३–० कै सोझो सेटमा हरायो ।   यस्तै एन्जल्स् हर्टले विजेश्वरी सैनिक महाविद्यालयलाई २५–६, २५–१४, २५–९ ले पराजित ग¥यो ।
यस्तै आयोजकले बुधबार प्राविधिक कारणले रोकिएका खेलहरु मसिंर २९ गते र पुस २ गते खेलाउने निर्णय गरेको छ । बुधबार हुनपर्ने एन्जल्स हर्ट र एपीएफको खेल २९ गते, नेपाल पुलिस क्लब र पश्चिमाञ्चल टोलीबिचको खेल र आर्मी र एभेरेस्ट  बोर्डिङको खेल पुस २ गते खेलाउने निर्णय भएको आयोजक ढोरपाटन स्पोर्टस टे«निङ सेन्टर बताएको  छ ।

Comment