एपिएफ अग्रता कायमै

vve
उपाधि दाबेदार एपिएफ र न्यु डायमन्ड एकेडेमीले ११औं ढोरपाटन डबल लिग महिला भलिबलमा अपराजित क्रमलाई निरन्तरता दिएका छन । एपिएफ प्रतियोगिताको साविक विजेता हो भने डायमन्ड उपविजेता टोली हो ।
नयाँ वसपार्कमा एपिएफले बुधबार प्रतियोगितामा सातौं जित हात पारेको हो । शिर्ष प्रतियोगिताको सुरुआत देखी नै शिर्ष स्थानमा रहेको एपिएफको २१ अंक छ । यसैगरी अंक तालिकाको दोस्रो स्थानमा रहेको डायमन्डले १५ अंक जोडेको छ । बुधरबार प्रशिक्षक सुदेश कुमार रिमालको टोली एपिएफले चण्डेश्वरी युथ क्लबलाई सोझो सेटमा २५–४, २५–५, २५–१२ ले हरायो ।
कुमार राईको प्रशिक्षणमा रहेको डायमन्डले चितवनको जानकी सेकेन्डरी स्कुललाई तीनै सेटमा अन्डर ७ मा हराएको थियो । पहिलो सेट डायमन्डले २५–५, दोस्रो २५–२ ले जितेको थियो । अन्तिम सेटमा भने जानकीले ७ अंकमात्र जोडन सक्यो । यसैगरी धादिङ कलाकार टिमले काठमाडौंको एन्जल्र्स हर्ट स्कुलमाथी विजयी हासिल गर्न पाँच सेट सम्म संघष गरेको थियो । धादिङले खेल २५–१४, २३–२५, २७–२५, २०–२५, १५–८ ले जित्यो ।
विजेश्वरी सैनिक महाविद्यालयले विन्दबासिनी हाइ स्कुललाई २५–१८, २३–२५, १४क–२५, २५–१५, १५–९ ले हरायो । नेपाल पुलिस क्लब र पश्चिमाञ्चल टोलीको बिचको खेल प्राविधिक कारण बिचैमा स्थिगित गर्नु परेको आयोजक ढोरपाटन स्पोर्टस टे«निङ सेन्टर बताएको  छ ।

Comment