एपीएफ शिर्ष स्थानमा

news dimond1
सर्वाधिक पुरस्कार राशीको ढोरपाटन ब्लु स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ लिगको शिर्षस्थानमा कायमै छ । चौथो दिनको खेलसम्म अपराजित रहदै छ खेलबाट १८अकंका साथ शिर्षस्थानमा छ ।  मगंलबार एपीएफले दोहोरो सफलता हात पार्दै लगातार छैठो जित निकालेको छ । पहिलो खेलमा एपीएफले विजेश्वरी स्कूललाई २५–३, २५–४, र २५–४ तथा दोस्रो खेल श्री जानकी स्कुललाई  २५–२,२५–८ र २५–३ को सोझो सेटमा पराजित ग¥यो । प्रतियोगितामा  दोश्रोमा रहेको न्यूडायमण्डले एभेष्ट स्कुललाई २५–१३,२५–७ र २५–७ को सोझो सेटमा हरायो ।

त्यसैगरी अर्को खेलमा पश्चिमाञ्चलले श्री जानकी स्कुल चितवनलाई २५–१०,२५–४ र २५–६ को सोझो सेटमा पाखा लागायो । नेपाल पुलिस क्लबले पनि धादिङ कलाकारलाई २५–५, २५–१० र २५–१० को सोझो सेटमा हरायो । चौथो प्रतिस्पर्धात्मकखेलमा एन्जलहर्ट स्कुले चण्डेश्वरी क्बललाई २५ –१८,२५–१८,२२–२५,२३–२५ र १५–७ को सेटमा पराजित ग¥यो । ढोरपाटन स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगिता विभिन्न १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख ६० हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले १ लाख ३० हजार पाउनेछ ।

Comment