संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय संयोजकमा गुरुङ

narayan gurung1नेपालमा वि.स.२०५२ सालको ओलम्पिक डे का दिनदेखि ओलम्पिक अभियान सुरु गरी दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय “नेपाल ओलम्पिक संग्रहालय”को विकासविस्तारलाई थप उ“चाईमा पु¥याउन ओलम्पियन नारायण गुरुङलाई संग्रहालयको अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा मनोनयन गरिएको  छ ।

संग्रहालयको साग खेलकुद सूचना केन्द्रको कार्यालयमा भएको कार्यक्रममा ओलम्पियन नारायण गुरुङले आफनो खेलजीवनको अनुभवले नेपालको ओलम्पिक अभियानमा टेवा पुयाउने,, ऐतिहासिक वस्तुहरुको संकलन तथा संरक्षण र संग्रहालयद्धारा सञ्चालित सूचना केन्द्रलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न आवश्यक सहयोग र समन्वय भूमिका खेल्ने विचार राखे । उक्त अवसरमा संग्रहालयका उपाध्यक्षद्धय जितबहादुर के.सी. र दिपक विष्ट तथा कोषाध्यक्ष मञ्जु तुलाधरको पनि उपस्थिति रहेको थियो ।

यस संग्रहालयका संस्थापक सदस्य समेत रहनु भएका नारायण गुरुङले नेपालको तर्फबाट वार्सिलोना ओलम्पिकमा सहभागी हुनु भएको छ । त्यसै गरी नेपालको तेक्वान्दो खेलमा थुप्रै राष्ट्यि तथा अन्तर्राष्ट्यि पदक हासिल गरी गरिसकेका छन्। । हाल एनआरएनएका आइसीसी सदस्य तथा खेलकुद संयोजकको रुपमा रहेकानारायण गुरुङको विशेष सक्रियतामा एनआरएनए र एनओसीका बीच आपसी सहकार्यका लागि सम्झौता पनि भएको थियो ।

Comment