एपीएफ र न्युडायमण्ड शिर्ष स्थानमा

dhorpatan mondaye
सर्वाधिक पुरस्कार राशीको ढोरपाटन ब्लु स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा  एपिएफ र न्युडायण्ड सयुक्त रुपमा शिर्ष स्थानमा रहेका छन् ।     नयाँ बसपार्कमा जारी प्रतियोगितामा अपराजित रहदै दुवैले समान ४ खेल जितेर १२ अंक बनाएका हुन् । सोमवार भएको खेलमा एपीएफ क्लबले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्यो । नेपाल टिमकी कप्तान सेटर बिनिता बुढाथोकी चर्चित स्पाईकर सरस्वती चौधरी,नेबिका चौधरी र रेस्मा भण्डारीको उत्कृष्ट प्रदर्शनमा एपिएफले आर्मीलाई २५–१०, २५–१८, र २५–१५ ले रोकेको थियो । दोश्रो खेलमा भने आर्मीले बिजेश्वरीलाई २५–५,२५–२ र २५–८ को सोझो सेटमा निराश बनायो ।
त्यसैगरी पुरानो नैकापको न्यू डायमन्ड एकेडेमीले दोहोरो सफलता हात पादै १२ अंक सहित एपीएफसग वरावरी गरेको छ । उसले पहिलो खेलमा विन्दाबासिनी स्कुललाई ३–० को सोझो सेटमा परजित गर्दा २५–१०, २५–१२ र २५–६ को सेट निकालेकोे थियो । कप्तान ललिता नाथ,प्रतिभा माली,पनमिका राई,कृपा अधिकारी,समिक्षा धिमिरे,सबिना लो र लिब्रो सलिना श्रेष्ठको सेटले दोश्रो खेलमा एन्जलहार्टलाई २५–११,२५–६ र २५–५ को सोझो सेटमा निराश बनायो । त्यसैगरि पश्चिमाञ्चलले पनि बुटवलको एभरेस्ट बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा पराजित गर्दै दोश्रो जित निकाल्यो । राष्ट्रिय टोलीकी उप कप्तान मञ्जु गुरुङ र अरुणा शाही रहेको पश्चिमाञ्चलमले उदयीमान टोली एभरेष्टलाई २५–११, २५–६, र २५–१८ ले हरायो । त्यसैगरि पुलिसले जानकी स्कुललाई २५–७,२५–६ र २५–२ को सोझो सेटमा हरायो ।

Comment