एपीएफलाई भलीबल उपाधि

volleyball111चिरपरिचत प्रतिद्धन्दी न्युडायमण्ड एकेडेमीलाई पराजित गर्दै ै एपीएफ क्लबले प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिपको उपाधि जितेको छ । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनल खेलमा एपीएफलाई न्यू डायमण्डलाई सोझो सेटमा हराउदै उपाधि जितेको हो । एपीएफ २५–१६,२५–११ र  २५–१५ ले विजयी भयो ।
तेस्रो स्थानको लागि भएको खेलमा पश्चिमाञ्ललाई ३–१ को सेटमा हराउदै नेपाल पुलिस क्लब तेस्रो बन्यो । यसअघि तेस्रो स्थानको खेल भने निकै रोमाञ्चक बन्यो । चारैसेटको खेल निकै प्रतिस्पर्धात्मक रह्यो । पुलीसले पहिलो सेट २५–२२ र दोस्रो सेट २७–२५ ले जितेसगैँ खेलमा कब्जा गर्ने स्थीती सिर्जना ग¥यो । तर तेस्रोे सेट भने पश्चिमाञ्चलले २५–१७ ले जिते पछि खेलमा पाच सेटको नतिजा पर्खनु पर्ने स्थीती बन्यो । तथापी पुलिसले निकै रोमाञ्चक बनेको चौथो सेटमा २६–२४ ले जित्यो ।
बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिस्ठानद्धारा आयोजित प्रतियोगिताको उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी प्रतिभा माली,उत्कृष्ट सेटर एपीएफकी बिनीता बुढाथोकी,उत्कृष्ट क्वइकर डायमण्डकी ललिता नाथ,उत्कृष्ट ब्लकर एपीएफकी उषा विष्ट र उत्कृष्ट सर्भर  पश्चिमाञ्चलकी अरुणा शाही बनिन् ।  उत्कृष्ट सबलै एक हजार ५ सय रुपैया पाए । उत्कृष्ट खेलाडीको लागि नगद पुरस्कार नेपाल भलिबल सघंले उपलब्ध गराएको थियो । प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्दै एपीएफकी सरस्वती चौधरीले सर्बोत्कृष्ट खेलाडीको उपाधि हात पारिन् । उनले नगद ३ हजार रुपैया  पुरस्कार पाइन् ।
प्रतियोगिताको विजेता एपीएफले ५० हजार रुपैया , उपविजेता न्यू डायाण्डले ३५ हजार र तेस्रो भएको पुलीसले १५ हजार रुपैया पाए । प्रतियोगिताको विजेता टिमलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्ट,नेपाल भलिबल सघंका अध्यक्ष दान बहादुर तामा¨ र आयोजक कमिटीका अध्यक्ष रन्जन खड्का लगायतल पुरस्कृत गरे ।

Comment