न्युडायमण्ड र एपीएफ उपाधि नजिक

prativa maliन्युडायमण्ड एकेडेमी र एपीएफ क्लब प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिपमा उपाधि नजिक पुगेका छन् । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बिहिवार भएको पहिलो सेमिफाईनल खेलमा न्युडायमण्डले पुलिसलाई २५–१८,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो । उत्कृष्ट खेल प्रर्दशन गरेकी न्युडायमण्डकी प्रतिभा माली वमन अफ दी म्याच भईन् । नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङले प्रतिभालाई आईएमईले उपलब्ध  गराएको गिफ्ट हेम्परले पुरस्कृत गरेका थिए ।
बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिस्ठानद्धारा आयोजित प्रतियोगितामाको दोश्रो सेमिफाईनल खेलमा  एपीएफ क्लबले पश्चिमाञ्चललाई  २५–९,२५–१६ र २५–१८ ले स्तब्ध पारेको थियो । एपीएफकी नेबिका चौधरी वमन अफ द म्याच भईन् । प्रतियोगितामा नेपाल भलिबल संघका पदाधिकारीले महत्वपुर्ण सहयोग गरेका छन् । अध्यक्ष दानवहादुर तामाङले तेश्रो स्थान हासिल गर्ने टिमलाई नगद १५ हजार उपलब्ध गराएका छन् । त्यस्तै उपाध्यक्ष मनोरंजन शर्माले बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट क्विईकर र बेष्ट सर्भरका  जनहि १५ सय नगद उपलब्ध गराएका छन् । दोश्रो पुरस्कारको धन राशी ३५ हजारघका महासचिव जितेन्द्रवहादुर चन्द र प्रतियोगिता संयोजक एवं नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्केले संयुक्त रुपमा सौजन्य गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिका लागि नगद ३ हजार नेपाल भलिबल संघकी सदस्य सुनकेशरी मालीले सौजन्य गरेकी छिन् । फाईनल खेल शुक्रवार १ बजे देखि हुनेछ ।

 

Comment