न्युडायमण्ड,एपीएफ र पुलिस सेमिफाईनलमा

volleyball
न्युडायमण्ड एकेडेमी,एपीएफ र पुलिस प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिपको बुधवार सेमिफाईनलमा प्रवेश गरेको छन् । पुरानो नैकाप स्थित न्यु डायमण्ड एकेडेमीले लिग चरणको दुवै खेलमा सफलता हात पादै सेमिफाईनलमा स्थान बनाएको हो । उद्घाटन खेलमा न्युडायमण्डले पश्चिमाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्यो । कप्तान मन्जु गुरुङ,सुपरा गुरुङ र अरुणी शाहीको मुख्य भुमिकामा कोर्टमा उत्रिएको पश्चिमाञ्चल २५–११,२५–११ र २५–१८ ले हरायो  । त्यस्तै दोश्रो खेलमा नेपाल आर्मी पनि ३–० को सोझो सेटमा रोकियो । न्युडायमण्डकी प्रतिभा माली,कप्तान ललिता नाथ, सेटर कृपा अधिकारीको उत्कृष्ट खेलमा निमा श्रेष्ठको कप्तानीमा कोर्टमा उत्रिएको आर्मी २५–९,२५–१४ र २५–८ ले चुकेको थियो ।
बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिस्ठानद्धारा आयोजित प्रतियोगितामा समूह बीबाट दुवै खेल हारे पछि जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र लिगबाट बाहिरिने पहिलो टिम बनेको छ । समुह बीबाट एपीएफ र पुलिस पनि सेमिफाईनलमा प्रवेश गरेका छन् । एपीएफले जाउलाखेललाई २५–७,२५–५ र २५–६ को सोझो सेटमा हराउदा पुलिसले पनि जाउलाखेललाई नै २५–७,२५–१६ र२५–७ को सोझो सेटमा पाखा लगाएको थियो । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल भलिबल संघको तत्ववाधानमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित टिम एपीएफ क्लब, न्युडायमण्ड एकेडेमी,पश्मिाञ्चल भलिबल संघ,नेपाल पुलिस क्लब,नेपाल आर्मी  क्लब र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेका छन् ।
प्रतियोगिताको बिजयी टिमहरुको लागि नेपालको प्रतिष्ठित रेमिट कम्पनी आईएमई ले शिल्ड,मेडल सौजन्य गरेको छ । प्रतियोगिताको बिजेताले ५० हजार,उपबिजेताले ३५ हजार र तेश्रो हुनेले १५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिका लागि नगद ३ हजार रुपैया भलिबल संघकी सदस्य सुनकेशरी मालीले सौजन्य गरेकी छिन् । त्यस्तै बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट क्विईकर र बेष्ट सर्भरले पनि जनहि १५ सय नगद नेपाल भलिबल संघका उपाध्यक्ष मनोरञ्जन शर्माले उपलब्ध गराएका छन् । प्रतियोगिताको उदघाटन उपराष्टपति नन्दवहादुर पुनले गरेका थिए । सो अवसरमा आयोजक संस्थाका अध्यक्ष रन्जन खडका,नेपाल भलिबल संघका अध्यक्ष दानवहादुर तामाङ,आइएमइ सेमिटका कार्यकारी प्रमुख सुमन पोखरेल,राखेप पुर्व उपाध्यक्ष पिताम्वर तिम्सिनालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता १८ गते सम्म चल्नेछ ।

Comment