ढोरपाटन भलिवल आगामी शनिबारबाट

dhorpatan volleyball1
ढोरपाटन ब्लु स्काई कप टिभिएस वोमन भलिवल डबल लिग च्याम्पियन्सको ११ औ संस्करण आगामी शनिबारबाट सुरु हुदैछ । काठमाडौंको नयाँ बसपार्कमा दुई साता सम्म चल्ने प्रतियोगितामा १३ टिमको सहभागिता रहनेछ । सर्वाधिक पुरुस्कार राशीको महिला भलिवल प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैया, उपविजेताले १ लाख ३० हजार रुपैया र तेस्रो हुने टिमले ७० हजार रुपैया पाउने छन् । प्रतियोगिताका चार विधाका उत्कृष्ट खेलाडीले टिभिएस स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगितामा साविक विजेता एपीएफ, उपविजेता न्यु डायमण्ड, नेपाल आर्मी, नेपाल पुलिस, एभरेष्ट उच्च मावि, श्री जानकी उच्च मावि, विन्धवासिनी उच्च मावि, चण्डेश्वरी युवा क्लब, एन्जल हर्ट स्कुल सहभागि हुनेछन् । यस्तै, विजयश्वरी ज्ञान मन्दिर, धादिङ्ग कलाकार संघ, अरनिको साँस्कृतिक परिवार र पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघ पनि सहभागि हुनेछन् । प्रतियोगिताकालागि ३५ लाख रुपैया खर्च हुने आयोजक क्लबका अध्यक्ष मनविर छन्त्यालले बताए । कार्यक्रममा आयोजकका उपाध्यक्ष किरण घायलले स्वगत मन्तब्य राखेका थिए । यस्तै, एक कार्यक्रमको आयोजना गरि जगदम्बा मोटर्सका एसिस्टेण्ट जेनेरल म्यानेजर करण शाक्यले आयोजक क्लबलाई ४ वटा टिभिएस स्कुटीको चाबी प्रदान गरेका थिए ।

Comment