शेर बहादुर प्रतिष्ठान भलिबल मंंगलबारदेखी

शेरवहादुर खड्का स्मृति प्रतिस्ठान, बालकोटको आयोजनामा मंसिर १६ देखि १८ सम्म प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल भलिबल संघको तत्ववाधानमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित टिम एपीएफ क्लब, न्युडायमण्ड एकेडेमी,पश्मिाञ्चल भलिबल संघ,नेपाल पुलिस क्लब,नेपाल आर्मी  क्लब र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेका छन् । लिग कम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । न्युडायमण्ड, पश्मिाञ्चल र आर्मी समूह क मा रहेको छ भने समूह ख मा एपीएफ,पुलिस र जाउलाखेल छन् । सेमिफाईनलमा समूह क को बिजेताले ख को उपबिजेतांसग खेल्ने छ भने ख को बिजेताले क को उपबिजेतासग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको बिजयी टिमहरुको लागि नेपालको प्रतिष्ठित रेमिट कम्पनी आई एम ई ले शिल्ड,मेडल सौजन्य गरेको छ । प्रतियोगिताको बिजेताले ५० हजार,उपबिजेताले ३५ हजार र तेश्रो हुनेले १५ हजार रुपैया पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले नगद ३ हजार सहित उत्कृष्ट ट्रफ्रि प्राप्त गर्ने छन् । त्यस्तै बेष्ट स्पाईकर,बेष्ट सेटर,बेष्ट ब्लकर,बेष्ट क्विईकर र बेष्ट सर्भरले पनि १५ सय रुपैया पाउने  छन् । प्रतियोगितामा नगद ८ लाख खर्च हुने अनुमान गरिएको छ । पश्चिमाञ्चलको टिमलाई खान–बस्न सुबिधा बापत ५० हजार उपलब्ध गराईने छ ।
प्रतियोगिताले आउँदै गरेको दक्षिण एसियाली खेलकुद सागमा खेलाडी छनोटमा पनि सहयोग गर्ने आयोजक शेर बहादुर प्रतिष्ठानका अध्यक्ष रन्जन खडकाले बताए । प्रतियोगितालाई हरेक वर्ष गर्ने लक्ष्य भएको अध्यक्ष खड्काले मंगलबार पत्रकार जानकारी गराए ।
यसैगरी नेपाल भलिबल संघका उपाध्यक्ष एवम महासचिव जितेन्द्र बहादुर चन्दले प्रतियोगिताले साग भलिबलाई सहयोग गर्ने बताए । नेपालको भलिबल विकासमा निजि क्षेत्रले उत्कृष्ठ योगदान गरेकोले प्रतिष्ठानले उत्कृष्ट प्रतियोगिताको शुरुवात भएकोे बताए । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्के, सदस्य सुनकेशरी माली, जावलाखेल भलिबल क्लबका अध्यक्ष माधव खडका तथा भलिबलका प्रमुख प्रशिक्षक सुदेश रिमाल लगायतको उपस्थिती रहेको थियो । उदघाटन खेल न्यु डायमन्ड र पश्चिमाञ्चलले प्रतिस्पर्धा गर्ने छन ।

Comment