क्रिकेट स्कुल सन्चालनमा

guest1नेपाल स्पोर्टस म्यानेजमेन्टले भेलोसिटी एरिनामा नेपाल क्रिकेट स्कुल सन्चालनमा ल्याएको छ । काठमाडौंको रातोपुलमा रहेको क्रिकेट स्कुल इन्डोर क्रिकेटको आधारमा सन्चालनमा आएको हो । एरिनामा फुटसल मैदान पनि रहेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का र नेपालका लागि श्रीलंकाका राजदुत डब्लुएम सेनाबिर्तानाले शनिबार क्रिकेट स्कुलको संयुक्त उदघाटन गरे । नेपालको प्रशिक्षकको रुपमा आफ्नो कार्यकाल सकेर दासानायके शनिबार नै गृह नगर क्यानाडा फर्किएका छन् । ४ रोपनी ८ आनामा फैलिएको क्रिकेट स्कुलको इन्डोरमा ५ वटा विकेट रहेको छ ।
अन्तर्राष्ट्रिय स्त्तरको आर्टिफिसियल टर्फ रहेको दावी गरेको नेपाल स्र्पोट्स म्यानेजमेन्टले सेन्टर विकेटमा युएईको दुबईमा रहेको आईसीसी ग्लोबल एकेडेमी बाला ब्याटिङ टर्फ रहेको जनाएको छ । दासानायकेले नेपाली क्रिकेटको स्त्तर विकास गर्न क्रिकेट स्कुलले ठुलो भुमिका खेल्न सक्ने जनाए । पारसले यो नेपालको सवैभन्दा ठुलो एकेडेमी भएकाले राष्ट्रिय टोलीका खेलाडीले आफ्नो हिसाबमा यहा आएर प्रशिक्षण गर्ने जनाए ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले प्रशिक्षक दासानायकेलाई सम्मान गर्दै विदाई गरेको थियो । श्रीलंकाका राजदुत डब्लुएम सेनाबिर्तानाले नेपालको क्रिकेट स्थापनाका क्रममा पूर्व प्रशिक्षक रोय डायसले गरेको योगदान र अहिले दासानायकेले नेपाललाई विश्वकपमा पु¥याउन गरेको योगदानको प्रशंसा गर्दै नेपालको क्रिकेट विकासमा सहयोग गर्न श्रीलंकाबाट सहयोगी भुमिका बनाउन प्रयास गर्ने जनाए ।
काठमाडौं क्षेत्रका पूर्व विकेटकिपर करण घिमिरे लगायतको स्वामित्वमा रहेको क्रिकेट स्कुलको प्रमुख निर्देशकमा राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास र प्रमुख प्रशिक्षकमा पूर्व राष्ट्रिय खेलाडी कलाम अली छन् । राति खेल्न मिल्ने, बलिङ मेसिन, बलिङ गति नाप्न सक्ने स्पिड गन नेपाल क्रिकेट स्कुलमा रहेको अर्का सन्चालक अकुर रिमालले जनाए ।
२ सय जना सम्म विधार्थी राखेर क्रिकेट प्रशिक्षण सन्चालन गर्ने क्रिकेट स्कुलले भविष्यमा यू–१४ र यू १६ इन्डोर प्रतियोगिता पनि सन्चालन गर्ने जनाएको छ । एरिनामा ब्याडमिन्टन र टेबुल टेनिस पनि थपिने अर्का सन्चालक सन्देश कटुवालले बताए ।

 

Comment