क्रिकेट प्रशिक्षक पुवुदुलाई परिषदमा बिदाई

pubudu2
नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दाशानायकेलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले परिषदमा बिदाई गरे । उक्त अवसरमा बोल्दै सदस्य सचिव विष्टले नेपालको क्रिकेटको विकास, सफलता र खेलाडी उत्पादनमा पुवुदुको योगदानको प्रशंसा गर्दै उनको योगदानको नेपाल सरकार, परिषद र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताए ।
“उहाँले नेपाली क्रिकेटमा गरेको सेवाको राखेप सदा उहाँप्रती कृतज्ञ रहने छ । उहाँको आवश्यकता पुनः महशुस भएमा आगामी दिनमा उहाँलाई पुनः नेपाल बोलाउन सकिने छ ” सदस्य सचिव विष्टले बताए ।
विदाई कार्यक्रममा बोल्दै प्रशिक्षक पुवुदुले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै नेपाली खेलाडीहरुमा जुन किसिमको खेल भावना रहेको छ त्यसले कुनै दिन नेपाली क्रिकेटलाई उच्च विन्दुमा पु¥याउन सक्ने बताए । उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद परिषद, नेपाल सरकारबाट सदा सहयोग पाएकोमा धन्यवाद ब्यक्त गरे ।पुवुदु आफ्नो कार्यकाल पुरा गर्दै शनिबार आफ्नो देश फर्कने कार्यक्रम रहेको छ ।

Comment