कपिलको सेवा अबधी पुरा

kapil1111तीन दशक भन्दा बढी भलीबलमा विताएका  कपिल किशोर श्रेष्ठले अबकास पाएका छन् । उमेरले ५८ बर्ष पुरा भएका कारण उनी स्वत ः  सेवा मुक्त  भएका हुन् । सेवा अबधीभर उनले भलीबलको मुख्य प्रशिक्षकको जिम्मेवारी पुरा गर्नुका साथै राष्ट्रिय टोलीको जिम्मेवारी पनि सम्हालेका थिए । तालीम तथा प्रशिक्षण विभागको उप निर्देशक भएका उनी दुइ दशक अघि नै भलीबल संघको महासचिव पनि भएका थिए ।
काठमाडौमा भएको आठौ दक्षिण एसियाली खेलकुदमा नेपालले काश्य पदक जित्दा कपिल मुख्य प्रशिक्षक थिए । उनकै प्रशिक्षणमा नेपालले काठमाडौमा भएको दक्षिण एसियाली पुरुष भलीबल च्याम्पियनसीपमा तेस्रो स्थान पाएको थियो । नेपालका तीनै विभागीय खेलकुद निकायमा भलीबलको महिला टोली रहेको छ । यसमा कपिलको भुमिका महत्वपूर्ण रह्यो । अझै पनि क्लबहरुमा सक्रिय रहने कपिल बताउछन् ।

 

Comment