एपीएफलाई दोहोरो उपाधि

beach volleyball1e
पाचौँ पुरुष तथा चौथो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको दुवै समुहको उपाधि शुक्रबार एपीएफले जितेको छ । पुरुषतर्फ भएको फाइनलमा एपीएफका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले आर्मीका हरिहर थापा र मान बहादुर श्रेष्ठको जोडीलाई २१–१० र २१–१७ को सोझो सेटमा हराउदै च्याम्पियन बने । महिलातर्फ भएको फाइनल खेलमा आफ्नै विभागीय टोलीलाई हराउदै नेविका चौधरी र सरस्वती चौधरीको जोडीले उपाधि हात पारे । नेविका र सरस्वतीको जोडीले विनीता बुढाथोकी र रेश्मा भण्डारीको जोडीलाई २१–१९,१०–२१ र १५–३ ले हराएका थिए ।
यसअघि भएको सेमिफाइनल खेलमा महेन्द्र र सुरेशको जोडीले आर्मीका ज्ञानेश्वर अधिकारी र भरत भण्डारीको जोडीलाई हराए भने हरिहर र मान बहादुरले पश्चिमाञ्चलका रमेश के.सी र भुपेन गुरुङको जोडीलाई पराजित गरेका थिए । पुरुष र महिला दुवै विधातर्फ पश्चिमाञ्चलले तेस्रो स्थान हात पा¥यो । पुरुषतर्फ रमेश के.सी र भुपेन गुरुङको जोडीले आर्मीका ज्ञानेश्वर अधिकारी र भरत भण्डारीको जोडीलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराए । महिलातर्फ भने मञ्जु गुरुङ र अरुणा शाहीको जोडीले आर्मीकै निमा श्रेष्ठ र रत्न गुरुङको जोडीलाई १७–२१,२१–१३ र १२–१५ को सेटमा पराजित गरे । प्रतियोगितामा दुवै समुहका विजेता २० हजार,उपविजेताले १५ हजार,तेस्रोले १० हजार र चौथोस्थान हात पार्नेले ५ हजार रुपैया  पुरस्कार पाए ।
प्रतियोगिताको समापनको अवसरमा पुर्व राष्ट्रिय खेलाडी एवम् सशस्त्र प्रहरी बल(एपीएफ) का अतिरिक्त महानिरीक्षक दुर्जु कुमार राई,जापनिज प्रशिक्षक शुन्जी यानागीता तथा पुर्व राष्ट्रिय खेलाडीहरु जय नारायण चौधरी,श्याम पौडेल,कुमार ओझा र मोहन गीरीलाई सम्मानपद्धारा सम्मान गरीएको थियो । समापनको अवसरमा कार्यक्रमको प्रमुख अतिथी राखेप सदस्यसचिव विष्टले आयोजकले भलिबलका पुराना हस्तीहरुलाई सम्मान गरेको खुसि ब्यक्त गर्दै नेपालमा भलिबल विकाशका लागि आफूले कुनै कसर बाकी नराख्ने बताए ।

Comment