नेपालको विजयी अभियान जारी

cricket logo
उत्कृष्ट बलींग गर्दै नेपालले एसीसी अन्डर नाइन्टीन प्रीमीयर लिगमा विजयी अभियानलाई निरन्तरता दिएको छ । नेपालले बुधबार भएको खेलमा मलेसियालाई ५३ रनले पराजित गर्यो । नेपालले छाडेको ११६ रनको झीनो लक्ष्य पछ्याएको मलेसिया ३०.४ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ६२ रनमा सिमित भयो । मलेसियाका अनबर रहमानले ३३ रन जोड्नु बाहेक अन्यले दोहोरा अंक छुन सकेनन् । मलेसियाले पाच रनमा तीन विकेट गुमाएको थियो ।
नेपालका आशिष चापागाइले ३.४ ओभरमा १४ रन खर्चीदै तीन विकेट लिए । यसैगरी, सुसील कडेलले ८ ओभरमा १३ रन खर्चीदै दुइ विकेट लिए । सौरभ खनालले ४ ओभरमा ५ रन खर्चीदै दुइ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले ३ ओभरमा कुनै रन नखर्ची एक विकेट लिए । प्रेम तामांगले ५ ओभरमा एक रन खर्चीदै एक तथा सुनील धमलाले ६ ओभरमा १२ रन खर्चीदै एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ४० ओभरमा सम्पूर्ण विकेट गुमाउदै ११५ रनको योगफल खडा गर्यो । नेपालका लागि म्यान अफ द म्याच समेत घोषित राजु खनालले सर्वाधीक ३९ रन जोडे ।

Comment