सागका लागि एथलेटिक्स छनोट

Manoj Shiama
21 November, 2015 6:10 am

नेपाल एथलेटिक्स संघको आयोजनामा राष्ट्रिय खुला एथलेटिक्स छनोट प्रतियोगिता मंसिर १७ गतेदेखि हुने भएको छ ।
भारतमा फेब्रुअरीमा हुने १२ दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । तीनदिने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।