एपीएफका दुवै टीम फाइनलमा

ladies and gents1
पाचौँ पुरुष तथा चौथो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको बिहीबार भएको सेमिफाईनल खेलबाट सफलता हात पादै एपीएफका दुवै महिला टोली फाइनलमा प्रवेश गरेका छन् । पहलो समिफाईनलमा विनीता बुढाथोकी र रेश्मा भण्डारीले आर्मीका निमा श्रेष्ठ र रत्न गुरुङको जोडिलाई १४–,२१,२१–७ र १५–१३ ले हराउन सफल भए । त्यस्तै अर्को सेमिफाईनलमा  सरस्वती चौधरी र नेविका चौधरीको जोडीले पश्चिमाञ्चलका मन्जु गुरुङ र अरुणा शाहीको जोडीलाई २१–४ र २१–१८ को सोझो सेटमा हराएका थिए । विनीता र रेश्मा तथा सरस्वती र नेविकाको जोडी अपराजित रहदै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
सुनसरीको इटहरी उपमहानगर पालिकामा भएको पुरुषतर्फको क्वाटर फाईनल खेलमा एपीएफका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले मध्यामन्चलका राजेन्द्र शर्मा र दमन केसीको जोडीलाई २१–१२ र २१–१६ को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रबेश गरे । महेन्द्र र सुरेशको जोडी लिग चरणको खेलमा अपराजित रहदै अन्तिम आठमा स्थान बनाएका थिए । त्यस्तै आर्मीका ज्ञानेश्वर अधिकारी र भरत भण्डारीको जोडीले एपीएफका डायमण्ड बस्नेत र लक्ष्मण रानाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गदै सेमिफाईनलमा स्थान पक्का गरे । तेश्रो क्वाटर फाईनल खेलबाट सफलता हात पादै आर्मीका हरिहर थापा र मानबहादुर श्रेष्ठको जोडी सेमिफाईनलमा प्रबेश  गरे । उनीहरुले पश्चिमान्चलका सन्जुबिक्रम शाह र अर्जुन गुरुङको जोडीलाई २१–१०,१४–२१ र १५–५ ले हराएका थिए । अन्तिम क्वाटर फाईनलमा पश्चिमान्चलका रमेश केसी र भुपेन गुरुङको जोडीले पुर्वान्चलका कुशल कार्की र गोबिन्द पराजुलीको जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गदै सेमिफाईनलमा आर्मीका हरिहर थापा र मानबहादुर श्रेष्ठको जोडीसग भेट पक्का गरेका छन् । त्यस्तै अर्को सेमिफाईनलमा एपीएफका महेन्द्र श्रेष्ठ र सुरेश  चौधरीको जोडीले आर्मीका ज्ञानेश्वर अधिकारी र भरत भण्डारीको जोडीसग खेल्ने छन् ।

Comment