माइती नेपालमा तेक्वान्दो डोजाङ

maiti nepal1मानव बेचविखन विरुद्धको अभियानमा सक्रिय माइती नेपालले माइती नेपाल तेक्वान्दो डोजाङको सुरुआत गरेको छ । गौशालास्थित माइती नेपालकै हातामा आयोजित एक कार्यक्रमबीच डोजाङ सुरुआतको बिहीबार औपचारिक घोषणा गरियो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले माइती नेपालकी संस्थापक अध्यक्ष एवं सीएनएन हिरो– २०१० अनुरोधा कोइरालालाई संघमा डोजाङ आबद्धताको प्रमाण पत्र हस्तान्तरण गरे ।
भदौदेखि सञ्चालनमा आएको डोजाङमा हाल ६० प्रशिक्षार्थीले नियमित प्रशिक्षण लिइरहेका छन् । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक नोर्बु लामा र दिनेश श्रेष्ठले निःशुल्क प्रशिक्षण दिइरहेका छन् ।युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो, अमेरिका अन्तर्गतको वुमन्स कम्युनिटीका कल्पना कार्की, सीता राई र प्रमिला थापाको सक्रियतामा डोजाङ सुरुआत गरिएको प्रशिक्षक श्रेष्ठले बताए ।
सोही अवसरमा अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) की महासचिव करेन व्ल्याकलेज र टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जन तथा सगरमाथा तेक्वान्दो डोजाङ, युकेका संस्थापक अध्यक्ष राष्ट्र राईलाई पनि स्वागत गरिएको थियो

 

Comment