नेपाल फेरी पराजित

Logo-of-Cricket-Association-Of-Nepal-CAN1
नेपालले आइसीसी र्वल्ड त्रिकेट लिग च्याम्पियनसीपमा कमजोर प्रदर्शन यथाबत राखेको छ । अहिलेसम्मका चारवटै खेलमा पराजित नेपालको अंक तालीकामा कुनै अंक छैन । बुधबार अबुधाबीमा भएको खेलमा जितको नजीक पुगेको नेपाल पपुवा न्युगीनीसंग तीन विकेटले पराजित भयो ।  पपुवा न्युगीनीले २२५ रनको लक्ष्य सात विकेटको क्षतीमा दुइ बल बाकी रहदा पुरा गरेको थियो ।
३४.३ ओभरमा १४१ रन जोडदै सात विकेट गुमाएको टोलीका लागि ज्याक भारे र जोन रेभाले जितसम्म डोह¥याएका थिए । म्यान अफ द म्याच घोषित भारे ७६ तथा रेभा ३१ रनमा अविजित रहे । यस अघि सेसे बाउले ३६ रन जोडेका थिए । नेपालका सोमपाल कामीले आठ ओभरमा ५१ रन खर्चीदै तीन शिर्ष ब्याट्सम्यानलाई आउट गरे । बसन्त रेगमीले १० ओभरमा ३८ रन खर्चीदै दुइ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतीमा २२४ रनको योगफल खडा ग¥यो । प्रराम्भीक ब्याट्सम्यानअनील मण्डललाई र सुबास खकुरेल दुवै शुन्य रनमा आउट भए पनि सागर पुनले ४७, ज्ञानेन्द्र मल्लले ३६,पारस खड्काले ५८ तथा शरद भेषवाकरले ४२ रन जोडे ।

Comment