विभागीय टोलीको वर्चस्व

ithari11
पाचौँ पुरुष तथा चौथो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता मंगलबारबाट इटहरीमा शुरु भएको छ । मंगलबारको भएको लिग चरण खेलमा विभागीय टोलीले बर्चस्व जमाउका छन् । एपीएफका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले नविन रिजाल र सुरज चौधरीको जोडीलाई २१–११ र २१–१५ को सोझो सेटमा पराजित गरे । आर्मीका हरिहर थापा र मान बहादुर श्रेष्ठको जोडीले मध्यमाञ्चलका राजेन्द्र शर्मा र दमन केसीको जोडीलाई २१–१९ र २१–३ को सोझो सेटमा र आर्मीकै ज्ञानेश्वर अधिकारी र भरत भण्डारीको जोडीले पुर्वाञ्चलका कुशल कार्की र गोविन्द पराजुलीको जोडीलाई २१–१४,१८–२१ र २१–१५ ले पराजित गरे । पश्चिमाञ्चलका अर्जुन गुरुङ र सञ्जु विक्रम शाहको जोडीले पुर्वाञ्चलका सुरज चौधरी र नविन रिजालको जोडीलाई २१–१६,२१–२३ र २१–११ ले पराजित गरे ।
महिला तर्फ पनि विभागीय टोलीले नै हाबी भए । महिलातर्फ एपीएफका विनिता बुढाथोकी र रेश्मा भण्डारीको जोडीले पुर्वाञ्चलका सगीता तामाङ र झरना श्रेष्ठको जोडीलाई २१–८ र २१–८,तथा एपीएफकै सरस्वती चौधरी र नेविका चौधरीको जोडीले पुर्वाञ्चलका पुजन राई र निलीमा आङदेम्बेको जोडीलाई २१–८ र २१–२ को सोझो सेटमा पराजित गरीन् । पश्चिामाञ्चलका मञ्जू गुरुङ र अरुणा शाहीको जोडीले आर्मीकी सृजन राई र गीता डागीको जोडीलाई २१–११ र २१–१०सोझो सेटमा स्तब्ध पारे ।
मगंलबार भएको उद्धघाटन कार्यक्रममा भूमि सुधार मन्त्रि राम कुमार सुब्बा,राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट,राखेप सदस्य विरेन्द्र श्रेष्ठ, नेपाल भलिबल सघंका सचिव मदन खड्का र पुर्वाञ्चल क्षेत्रिय भलिबल सघंका अध्यक्ष विश्वराज धिमाल लगायतको उपस्थीत रहेको थियो । प्रतियोगितामा   पुरुष तर्फ १० टिम तथा महिलातर्फ ७ टिमको सहभागीता रहेको प्रतियोगिता ४ गते सम्म चल्नेछ ।

Comment