शेर बहादुर स्मृती महिला भलिबल क्लब च्याम्पियनशिप हुने

प्रथम शेरवहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिता मंसिर १५ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानकी उपाध्यक्ष सीता खड्काले पे्रस बिज्ञाप्ति मार्फत जानकारी गराईन् । नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा संचालन हुने प्रतियोगितामा नेपालका चर्चित ६ क्लबको सहभागिता रहने छ । ललितपुरको जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिताले आगमी भारतमा हुने साग खेलका लागि सहयोग पुग्ने प्रतिष्ठानकी उपाध्यक्ष खड्काले बताईन् । जेष्ठ नागरिक सम्मान,पशुपति आर्यघार्ट स्वास्थ्य केन्द्रका लागि १ थान श्या प्रदान गरेर सामाजिक कार्य शुरु गरेको प्रतिष्ठानले बिगत एक बर्ष देखि खेललाई मुख्य कार्यक्षेत्र बनाउने निर्णय गरेका प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानले बिभिन्न प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने तथा न्युडायमण्ड एकेडेमीको महिला भलिबल टिमलाई खेल पोशाक प्रदान गदै आएको छ । त्यस्तै यसै बर्ष बिजया दशमीको उपलक्ष्यमा बालकोटमा खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो । महिला भलिबल खेलाडी कृपा अधिकारीले गतबर्षको प्रबेशिका परीक्षामा ८९.२५ प्रतिशत नतिजा ल्याएकोमा खेलको साथै पढाईमा पनि अब्बल भएकोमा १५ हजार रुपैया र ताम्रपत्रले सम्मान गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

Comment