नेपालको पराजय श्रृंखला जारी

Logo-of-Cricket-Association-Of-Nepal-CAN1
नेपाल आइसीसी र्वल्ड क्रिकेट लिग च्याम्पियनसीपको तेस्रो खेलसम्म आइपुग्दा विजय हिन हुदै पुछारमा रहेको छ । अबुधाबीमा सोमबार भएको खेलमा नेपाललाई पुपुवा न्युगीनीले दुइ विकेटले पराजित ग¥यो । नेपालले छाडेको २३३ रनको लक्ष्य पपुवान्युगीनीले तीन बल बाकी रहदा पुरा ग¥यो । पपुवा न्युगीनीका असाद भलाले सर्वाधीक ८७ रन जोडे । प्रारम्भीक ब्याट्सम्यान टोनी उराले तीब्र गतीमा रन जोड्ने क्रममा २६ बलमा ३० रन प्रहार गरे । चाल्र्स अमिनीले ३५ रन प्रहार गरे । नेपालका पारस खड्का र मेहबुब आलमले समान दुइ दुइ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले आठ विकेटको क्षतीमा २३२ रनको योगफल खडा ग¥यो । नेपालका लागि शरद भेषवाकरले ७८ तथा सुबास खकुरेलले ६३ रनको योगदान गरे । नवौ क्रमका ब्याट्सम्यान बसन्त रेग्मी २३ बलमा २४ रन जोड्दै अविजित रहे । आठ टोली रहेको प्रतियोगिताको अंक तालीकामा तीन खेल खेलेको नेपाल बिना कुनै अंक पुछारमा छ । चार खेल खेलेका केन्या, नेदरल्यान्ड र स्कटल्यान्डको समान ६ अंक छ ।

Comment