नेपाल १ सय २१ रनले पराजित

nep pak1

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत पपुवा न्यूगिनीविरुद्धको खेलका लागि एकदिवसीय टुर म्याचमा नेपाल पाकिस्तानीजसँग १२१ रनले पराजित भएको छ । नेपालसगँको खेलमा उक्त टिमलाई राष्ट्रिय टिम नभनेर पाकिस्तानीज भनीएको थियो । पाकिस्तानिज् टिमको तर्फबाट एकदवसीय कप्तानमा सर्फराज अहमद नै थिए । जून टिममा याजिर शाह,युसुन खान, शोएब मल्लिक, वाहब रियाज र मोहम्मद इर्फान लगायत थिए ।

यसअघि  टस हारेर पाकिस्तानले नेपाललाई ३२७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि अनिल मण्डलले अर्धशतक बनाए । त्यसका बाबजुत नेपालले पुरै ५० ओभरमा ५ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो । नेपालको ओपनिङ अनिल मण्डल र सुवास खकुरेलले गरेका थिए । खराब प्रदर्शनका कारण टीम बाहिर रहेका सुवासले ओपनिङ जोडीमा कमब्याक गरे । अनिल र सुवासले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे ।तथापी १४ औं ओभरको दोस्रो बलमा सुवास आउट भए । उनि व्यक्तिगत २६ रनमा यासिरको बलमा अनवर अलीबाट क्याच आउट भए । पुनह अनिलले दोस्रो विकेटका लागि सागरसँग ७९ रनको साझेदारी गरे । ६१ रन बनाएका उनी अनवरको बलमा एलबीडब्लू धरापमा परे । थप ८ रन जोड्दा सागर पनि ३९ रनमा आउट भए ।

कप्तान पारस खड्का मात्र १३ रनमा वाहब रियाजको बलमा आउट हुन पुगे । उपकप्तान ज्ञानेन्द्र मल्ल अन्तिम बल खेल्नु अघि ४१ रन बनाएर अनवल अलीको बलमा आउट भए । शरद भेसवाकर १४ र मेहबुब आलम १ रनमा अविजित रहे । अलीले २ तथा यासिर शाह, वाहब रियाज र अहमद सेहजालले १–१ विकेट लिए ।

पाकिस्तानका लागि अजहर अली र अहमद सेहजादले राम्रो सुरुवात दिलाए । पहिलो विकेटका रुपमा बसन्त रेग्मीले सेहजादलाई ३५ रनमा आउट गरे । त्यसबेला टिमको स्कोर ५५ रन थियो । अजहरले मोहम्मद हाफिजसँग दोस्रो विकेटका लागि १०३ रनको महत्वपूर्ण साझेदारी गरे । अली ७३ रनमा रिटायर्ड आउट भए । थप ६ रन जोड्दा सागर पुनले हाफिजलाई नरेश बुढायरको हातबाट क्याच गराए । हाफिजले मात्र एक रनले अर्धशतक बनाउन चुके ।

युनस खानले ३८ रन बनाए । उनलाई बसन्तले पभेलियनको बाटो देखाए । शाएब मल्लिक ६३ रनमा रिटायर्ड आउट भए । सर्फराज अहमदलाई कप्तान पारस खड्काले मात्र ११ रनमा बोल्ड गरे । बाबर आजम ४३ र अनवर अली ११ रनमा अजिजित रहे । नेपालका लागि बन्सन्तले २ तथा पारस र सागरले १–१ विकेट लिए ।

Comment