सेमिफाइनल समिकरण पुरा

hetauda1
केशबलाल स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०७२ को अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको छ ।     युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा हेटौंडा–२९ बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा जारी प्रतियोगिताको अन्तिम चारमा सशस्त्र प्रहरीको एपीएफ, नेपाल आर्मी, पश्चिमाञ्चल र स्व. लक्ष्मीनारायण ट्रष्टले स्थान सुरक्षित गरेका हुन् ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको समूह ‘क’ को लिगचरणको खेलमा  एपीएफले लक्ष्मीनारायण ट्रष्टलाई २५–१५, २५–१८ र २५–१५ को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेर अघिल्लो चरणमा प्रवेश गरेको हो । ट्रष्टले लिगचरणको अन्तिम खेलमा महोत्तरी भलिबल क्लबलाई २५–२३, २५–१४, २१–२५ र २५–१६ को सेटमा पराजित गर्दै समूह उपविजेता बन्न सफल भयो । यो समूहबाट महोत्तरी र पूर्वाञ्चल बाहिरिए ।
समूह ‘ख’ मा आर्मीले पश्चिमाञ्चललाई पराजित गर्दै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । आर्मीले पश्चिमाञ्चललाई २५–१६, २५–१० र २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । पश्चिमाञ्चलले उपविजेता बन्ने क्रममा आयोजक युवा तथा खेलकुद समन्वय समितिलाई २५–२१, २५–१६ र २५–७ को सोझो सेटमा पराजित गरेको थियो । यस समूहबाट आयोजक र चितवन जिल्ला भलिबल संघ बाहिरिएका छन् ।
फाइनल प्रवेशका लागि आइतबार एपीएफले पश्चिमाञ्चल र आर्मीले ट्रष्टसँग प्रतिस्पर्धा गर्ने आयोजक समिति सल्लाहकार तथा प्राविधिक संयोजक बसन्त सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।    प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ७५ हजार रुपियाँ र ४५ हजार रुपियाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले २५ हजार रुपियाँ र चौथो हुने टोलीले १५ हजार रुपियाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र प्रशिक्षकले क्रमशः जनही सातहजार पाँचसय रुपियाँ प्राप्त गर्द स्पाइकर, ब्लकर, डिफेन्ड र सेटरले पनि जनही तीनहजार पाँचसय रुपियाँ प्राप्त गर्ने कार्यक्रम संयोजक राजेश भेटवालले जानकारी दिए ।

Comment