राष्ट्रिय बिच भलिबल इटहरीमा

vall 1e

नेपाल भलिबल संघले मंसिर २ देखी ४ गते सम्म पाँचौ पुरुष तथा चौथो महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता पुर्वाञ्चलको इटहरी सुनसरीमा आयोजना गर्ने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।मंसिर २ देखी ४ गतेसम्म राष्ट्रिय स्तरको बिच भलिबलमा पाँच विकास क्षेत्र सहित विभागीय टोली पुलिस, आर्मी र सशस्त्रले खेल्ने नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गरायो ।
नेपाल भलिबल संघका अध्यक्ष दान बहादुर तामाङले प्रतियोगिताले नेपाली बिच भलिबलको विकासमा ठुलो सहयोग गर्ने बताए । उनले प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गदै अन्तराष्ट्रिय स्तरमा उपलब्धी हासिल गर्नेमा मदत गर्ने समेत बताए । यसैगरी उनले १ वर्ष अघि माल्दिभ्समा भएको सेन्ट्रल जोन छनोट बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले स्वर्ण पदक जितेको स्मणरण गराउँदै भविष्यमा थप सफलता हासिल गर्न खेलाडी सक्षम भएको बताए ।
इटहरी शान्ती टोलीमा कृतिम बिच कोर्टमा हुने प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले समान २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र चौथोले ५ हजार रुपैयाँ पुरस्कार पाउने नेपाल भलिबल संघका सदस्य लेखनाथ पराजुलीले पत्रकार सम्मेलनमा बताए ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्के, सदस्य मनवीर छन्त्याल, पुर्व कोषाध्यक्ष बुद्धि कटुवालले लगायतको उपस्थित रहेको थियो ।

Comment