बिश्वकप छनोटमा नेपालको जित

नेपालले  आइसीसी यु–१९ बिश्वकप क्रिकेट छनोटको बिहिबार भएको फाइनलमा आयरल्यान्डलाई तीन विकेटले पराजित ग¥यो ।
आयरल्यान्डले छाडेको १८५ रनको लक्ष्य नेपालले २२ बल बाकी रहदा  सात विकेटको क्षतीमा पुरा ग¥यो । नेपालका सुनील धमलाले ४७ रन जोडे । राजु रिजालले ३५ रनको योगदान गरे । सौरभ खनालले १३ बलमा १६ रन जोडे ।  यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४७.४ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १८४ रनको योगफल खडा ग¥यो । गेरी म्याककिन्टनले ५८ बलमा ४५ तथा लोरन टुकरले ३६ बलमा ३३ रनको योगदान गरे । एन्ड्रयु एस्टनले ४४ रन जोडे पनि यसका लागि ९४ बलको सामना गरे ।

Comment