कपिल किशोरको प्रशिक्षणमा इमेनलाई उपाधि

maldives volleyballe
माल्दीभ्समा सम्पन्न फ्रि गाइ भलीबल प्रतियोगितामा नेपालका कोपीला उप्रेती र निमा श्रेष्ठ समाबेश मिस्कीयामिगुइ टिम इमेनले उपाधि जितेको छ । फाइनलमा इमेनले भारतीय राष्ट्रिय टोलीकी कप्तान तीजी राज समाबेश धादीमागु रानिनलाइ २५–१६,२५–१४,२५–२१ ले पराजित ग¥यो । तेस्रो सेटमा इमेनले १७–२१ को स्थीतीलाई उल्ट्याएको हो ।
इमेनका प्रशिक्षक कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक भए । यसैगरी, कोपीला फाइनल खेलकी क्वीन अफ द म्याच घोषित भइन् । उनी प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन् ।

Comment