अस्ट्रेलियामा बाढी पहिरो सहयोगार्थ भलीबल

khemm1
कास्की जिल्लाको भदौरो तामागी गावीस र लुम्ले गावीसको सहयोगार्थ सिड्नीको पोखरा समाजले आयोजना गरेको तथा ग्लोबल कन्सन्ट्यान्ट एन्ड डिलाइट टुर्सले प्रश्तुत गरेको भलीबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ ६ तथा महिला तर्फ तीन टोलीको सहभागिता रहेको थियो । पुरुष तर्फ म्यागदी सेवा समिती पहिलो र थकाली सेवा समिती दोस्रो  भए । महिला तर्फ जलजल परिवार सिड्नी पहिलो तथा पोखरा दोस्रो भए । पुरुष तर्फ उत्कृष्ट खेलाडी खेम पुर्जा घोषित भए । प्रमुख अतिथी समाजसेवी डा. समसेर सिंह थापाले विजयी टोली तथा खेलाडीलाई पुरस्कार प्रदान गरे । म्याग्दीले जितेको रकम बाढी पहिरो पिडितलाई प्रदान गर्ने जनाइएको छ । प्रतियेगिताबाट कुल ४ हजार ७ सय ११ डलर उठेको पनि जनाइएको छ । अर्को साता पोखरा समाजका सल्लाहकार राजमान थकालीले त्यसै ठाउमा गएर प्रदान गर्ने छन् ।आयोजकले सहभागी टोली, खेलाडी, प्रायोजक तथा दशर्क सबैलाई विशेष धन्यबाद ज्ञापन गरेको छ ।

Comment