आयरल्यान्डमाथि नेपालको जित

नेपालले यु–१९ आइसीसी बिश्वकप छनोटको बुधबार भएको  समुह चरणको अन्तिम खेलमा आयरल्यान्डलाई आठ विकेटले पराजित ग¥यो । आयरल्यान्डले छाडेको १८५ रनको लक्ष्य पछ्याएको नेपालले ४३ बल बाकी रहदा दुइ विकेटको क्षतीमा १९० रन जोड्यो । नेपालका सुनील धमला र सन्दिप सुनारले पहिलो विकेटका लागि १७० रनको साझेदारी गरे । धमलाले ७५ तथा सुनारले ८५ रन जोडे । यी दुवै टोली फाइनल प्रबेश गरिसकेका छन् । यी दुइको फाइनल खेलको विजेता टोलीले बिश्वकपमा प्रबेश पाउने छ ।

Comment