जुडो संघको आर्थिक सहयोग

judooe
नेपाल जुडो संघले गत बैशाख १२ र २९ गते गएको विनाशकारी महाभुकम्पबाट घरवार विहिन हुन पुगेका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद सेमि कभर्डहलमा आयोजित कार्यक्रममा नेपाल जुडो संघको पहलमा अन्तराष्ट्रिय जुडो महासंघ र अखिल जापान जुडो संघबाट प्राप्त रकम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले सोमबार प्रदान गरे ।
आर्थिक सहयोग प्राप्त गर्नेहरुमा ४० जना खेलाडी, प्रशिक्षक र अफिसियल रहेका छन् ।

Comment