टिम इमेनको जित

kapil kopila1माल्दीभ्समा जारी फ्रि गाइ भलीबल प्रतियोगितामा बुधबार निमा श्रेष्ठ र कोपीला उप्रेती समाबेश मिस्कीया मागु टिम इमेनले फुनाद क्लबसंगको पहिलो  सेमिफाइनल प्ले अफमा जित हात पारेको छ । प्रशिक्षक कपिल किशोर श्रेष्ठले दिएको जानकारी अनुसार इमेनले फुनादलाइ २५–२२,२५–१९ र २५–२२ ले पराजित गरेको हो । समुह चरणमा दोस्रो भएका काराण् नेपालले फाइनल प्रबेशका लागि दुइ प्ले अफ खेल्नु परेको हो । दोस्रो सेमिफाइनल प्ले अफमा नेपालले एफवाइएसडिएसंग खेल्ने छ ।

Comment