कोटेश्वर डोजाङद्वारा खेलाडी सम्मानित

koteswar1
विजयादशमी, दीपावली, छठलगायत विभिन्न चाँडपर्वका उपलक्ष्यमा कोटेश्वर तेक्वान्दो डोजाङले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।
डोजाङले काजल श्रेष्ठ, रञ्जन श्रेष्ठ, सक्षम कार्की र ताराकुमार रायमाझीलाई सम्मान ग¥यो । सबै कोटेश्वर डोजाङका उत्पादन हुन् । काजलबाहेक अन्य तीन खेलाडी वर्तमान राष्ट्रिय टिममा छन् । डोजाङकै प्रशिक्षक लालबहादुर मगर पनि सम्मानित भए ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव लामा टेन्डी शेर्पा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य वीरेन्द्र श्रेष्ठ र उपेन्द्र पौडेलले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा उपाध्यक्ष शेर्पा, सदस्य–सचिव विष्ट र अध्यक्ष श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उनीहरुलाई दोसल्ला ओड्याउनुका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा डोजाङका संस्थापक नवीन श्रेष्ठले डोजाङको विविध गतिविधि बारे प्रकाश पारेका थिए ।

 

Comment