काठमाडौ म्याराथनमा आर्मीको प्रभाव

23e
नेपाल आर्मी क्लबका पूर्ण तामांगले १० औ काठमाडौ म्याराथनको उपाधि जितेका छन् । उनले निर्धारित दुरी दुइ घन्टा २२ मिनेट १९ सेकेन्डमा पुरा गरे । दौडमा होमलाल श्रेष्ठले २ घन्टा २२ मिनेट ५० सेकेन्डमा दुरी तय गर्दै दोस्रो स्थान पाए । तीर्थ तामांग २ घन्टा २४ मिनेट १९ सेकेन्ड समयका साथ तेस्रो भए । उपाधि विजेता पूर्ण ४५ हजार, उपविजयी होम २० हजार तथा तेस्रो हुने तीर्थ १५ हजार रुपैयाका हकदार बने ।
महिला म्याराथन भने सातौ राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यामा भएको कारण सहभागिको अभावका कारण सम्भब भएन । हाफ म्यारथनमा पुरुष तर्फ आर्मीकै कल्याण बानीँया १ घन्टा ११ मिनेट समयका साथ पहिलो भए । लाल बहादुर थापा १ घन्टा ११ मिनेट ६ सेकेन्ड समयका साथ दोस्रो भए । महिला हाफ म्यारानमा रेसु बस्नेत १ घन्टा ३६ मिनेट २८ सेकेन्ड समयका साथ पहिलो भइन् भने हेनेक कोइनगर १ घन्टा ४७ मिनेट ५० सेकेन्ड समयका साथ दोस्रो तथा पासी शेर्पा २ घन्टा ५ मिनेट २६ सेकेन्ड समयका साथ तेस्रो भइन् । हाफ म्याराथनका विजेताको २० हजार, उपविजेताको १३ हजार तथा तेस्रो हुनेको सात हजार रुपैया पुरस्कार रहेको छ ।
५ मिलो मिटर पुरुष स्पर्धामा हरि रिमाल १९ मिनेट ३४.५ सेकेन्ड समयका साथ पहिलो भए । टिकाराम कटुवाल १९ मिनेट ४५.९ सेकेन्ड समयका साथ दोस्रो तथा उमेस मगर २० मिनेट ००.४ सकेन्ड समयका साथ तेस्रो भए । महिला तर्फ पनि आर्मीकै बिश्वरुपा बुढाले २२ मिनेट ०६.६ सेकेन्ड समयका साथ पहिलो स्थान हात पारिन् । सन्तोषी श्रेष्ठले २४ मिनेट १२.४६ सेकेन्ड समयकासाथ दोस्रो स्थान पाइन् । लिन्डसे पिप्सले २९ मिनेट २१.९० सेकेन्ड समयका साथ तेस्रो स्थान पाइन् । ५ किलोमिटर दौडमा १० हजार, ६ हजार र ४ हजार रुपैया पुरस्कार पाउने छन् ।
५ किलोमिटर स्कुल ब्वाइजमा खड्ग बहादुर बुढा पहिलो, तासी लामा दोस्रो तथा नर घर्ती मगर तेस्रो भए । र्गल्समा हुमी बुढा मगर पहिलो, सपना तामांग दोस्रो तथा ममता तामांग तेस्रो भए । ५ किलोमिटर ह्ीलचियरमा राम बहादुर तामांग पहिलो, राम तामांग दोस्रो तथा प्रदिप चौधरी तेस्रो भए । यी स्पर्धाका विजेताले ५ हजार तथा उपविजयीले ३ तथा तेस्रो हुनेले दुइ हजार रुपैया पुरस्कार पाउने छन् । दौडको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिता प्लान इन्टरनेसनलको प्रायोजनमा भएको हो । आयोजक प्रमुख निलेन्द्र श्रेष्ठले अर्को बर्षको २४ सेप्टेम्बरमा दौडमा १० औ सस्करण आयोजना हुने बताए । काठमाडौ म्याराथन आयोजक कमिटी र नेपाल आर्मी विचको सहकार्यमा यस पटकको रेस आयोजना भएको हो ।

Comment