पौडीमा बज्राचार्यको निरन्तरता

swimming ashok 2
नेपाल पौडी संघको चौथो साधारण सभाले अशोक बज्राचार्यको नेतृत्वलाई निरन्तरता प्रदान गरेकोछ ।  ललितपुरस्थित एलए स्कुलमा भएको चुनावी साधारण सभाले बज्राचार्यको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
बिहिबार सम्पन्न साधारण सभाले संघको उपाध्यक्षमा सांसद उमेश श्रेष्ठ, राजेन्द्र श्रेष्ठ “राजु”, राजेश बज्राचार्य र महेश महर्जन “नेवा”लाई चयन गरेको छ । यस्तै महासचिवमा जगतमानश्रेष्ठ, सचिवमा ईश्वर कार्की, कोषाध्यक्षमाश्याम शुन्दर अधिकारी र सहकोषाध्यक्ष मानाजिर उद्धिन मुस्लिमलाई कार्यभार प्रदान गरेकोछ ।
निर्वाचित संघको सदस्यहरुमा रञ्जन भट्टराई, दीपक सागर सिंह, विपिन तिमिला, विप्लब पौडेल, रविन पौडेल, नरेश बैद्य, बासुदेव निरौला, सागर शाक्य, मुकुन्द शर्मा, नयना शाक्य, सुरेश श्रेष्ठ, डम्बरबहादुर तामाङ्ग, विकाश शर्मा, पारश श्रेष्ठ र संजय बहादुर शाह रहेका छन् ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेकाथिए । विजयी कार्यसमितिका सदस्यहरुलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुभकामना प्रदानगर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।
साधारण सभामा कार्यसमितिका ३६, १७ जिल्लाका ३४, ओलम्पियन २ र प्राविधिक २ गरि ६४ जनामध्ये ४८ जनाको उपस्थित रहेको थियो ।

Comment