जुडो टोलीको बिदाइ

dharma cadet1
थाइल्यान्डको बैंककमा हुने एसियाली जुनियर तथा क्याडेट जुडो प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई बिदाइ गरियो ।     टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे ।
अक्टोबर ८ देखि १२ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको क्याडेटतर्फ पुरुष ५५ केजीमुनि रोशनबहादुर दोङ र महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्नेछन् ।
जुनियरको पुरुष ६० केजीमा दिनेश बुढा मगर तथा महिलाको ६३ केजीमुनि फुपुल्हामु खत्री र ७० केजीमुनि पुनम श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
टिम प्रशिक्षकमा दीपककृष्ण श्रेष्ठ, व्यवस्थापकमा रामकृष्ण विसी तथा अफिसियलमा प्रेम लामा र प्रतिमा लामा रहेका छन् ।
बैंककमै अक्टोबर ६ देखि १२ तारिखसम्म हुने आईजेएफ रेफ्री सेमिनार तथा परीक्षामा सहभागी अन्तर्राष्ट्रिय रेफ्रीद्वय धर्मकुमार श्रेष्ठ र मनोजबहादुर केसीले भाग लिने बताइएको छ ।
प्रतियोगिताका दौरान हुने जुडो युनियन अफ एसियाको कार्य समिति बैठकमा भाग लिन नेपाल जुडो संघका अध्यक्ष एवं युनियनका एजुकेसन कोचिङ डाइरेक्टर दीपकहर्ष वज्राचार्य पनि ६ तारिखमा बैंकक जाँदैछन् ।
धर्म र मनोज सोमबार जानेछन् । प्रशिक्षक दीपक तथा खेलाडी मनिता र रोशन ७तारिखमा तथा बाँकी टोलीका सदस्य ९ तारिखमा बैंकक उड्नेछन् ।

Comment