कुमार राई प्रशिक्षक तालिममा जादै

kumar 111
भारतको चेन्नाईमा अक्टुबर ६ देखि १८ सम्म संचालन हुने लेभल–२ कोचेज कोर्समा सहभागि हुन जाने प्रशिक्षक कुमार राईलाई राष्टिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशव कुमार विष्टले आइतबार बिदाई गरे । बिदाईका अवसरमा सदस्यसचिव विष्टले  महत्वपुर्ण तालिम भएकाले उत्कृष्ट नतिजा ल्याउन शुभकामना दिए । नेपाली महिला भलिबलमा उत्कृष्ट खेलाडी उत्पादन गर्न तालिमले  महत्वपुर्ण भूमिका निभाउने बताए । संो अवसरमा नेपाल भलिबल संघकी सदस्य सुनकेसरी मालीको उपस्थिति रहेको थियो । प्रशिक्षक राईले लेभल–२ कोर्ष पश्चात लेभल ३ कोर्षको गर्ने लक्ष्य रहेको  बताए । उनले तालिमबाट हासिल गरेका उपलब्धीलाई भलिबलमा उत्कृष्ट खेलाडी उत्पादन लगाउने बताए । न्यू डायमन्ड  भलिबल टिमका प्रशिक्षक राईले एकेडेमीका सस्थापक प्रिन्सिपल हुन । भलिबलमा प्रतिभावान खेलाडी उत्पादनमा उनको नाम अग्रस्थानमा आउने गर्छ । राई सोमवार त्यसतर्फ जादै छन् ।

Comment