काठमाडौं पौडीमा वज्राचार्य

ktm swimming1       राजेश वज्राचार्यको अध्यक्षतामा काठमाडौं जिल्ला पौडी संघ शनिबार पुनर्गठन गरिएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र कार्यालय प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थितिमा वज्राचार्यको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति पुनर्गठन गरिएको हो ।
उपाध्यक्षमा सञ्जयबहादुर शाह, सचिवमा विजेन श्रेष्ठ तथा कोषाध्यक्षमा सागर शाक्य रहेका छन् । सदस्यमा विष्णु खड्का, अमृत चित्रकार, नयना शाक्य, ओङडेन लामा, बुद्धि गुरुङ र प्रसिद्धजंग शाह छन् । मीना प्रजापति उपाध्यक्ष तथा पुष्प वज्राचार्य र राजु महर्जनलाई सदस्यमा मनोनित गरिएको बताइएको छ ।   भेलाले सञ्जय शाह र सागर शाक्यलाई यसै महिनाको २१ असोजमा ललितपुरमा हुने नेपाल पौडी संघको साधारणसभाका लागि प्रतिनिधि तोकेको छ ।

Comment