मर्नीङग्लोरीमा ग्रेडिंग

taek mount2
मर्नीङ ग्लोरी तेक्वान्दो डोजांगको ग्रेडिंग कार्यक्रम शनीबार सम्पन्न भयो । प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्रि हिरा थापाले सञ्चालन गरेको ग्रेडिङमा प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्रि गोवीन्द उपाध्याय, प्रशिक्षक तथा अन्तराष्ट्रिय रेफ्रि मिन न्यौपाने  र  प्रशिक्षक अर्जुन भक्त राइको उपश्थिती थियो । प्रशिक्षक मनोज खड्गीका अनुसार चाहना गौचन, सबिना नगरकोटी, सिमित देउला, विकास ठाकुर, मञ्जिल आले ,किशोर चौलागाइ, क्रीस्टीना शाही, आयुश तामाङ्ग र मेलिना खड्गी एलोग्रीनबाट ग्रीन बेल्टका बढुवा भए ।
यसैगरी, सुमन भडेल, आकाश शर्मा, ध्रुब हवल्दार, प्रीतम हवल्दार, सुजन श्रेष्ठ, मायेनका जोशी र दिवस भण्डारी एलोबाट एलोग्रीनमा बढुवा भए । सौरभ सिंह, चेतना गौचन, दिपक अग्रवाल, रिकीन राना र आयुष ताम्रकार ह्वाइटबाट एलो बेल्टमा बढुवा भए ।

Comment