कपिल उत्कृष्ट प्रशिक्षक, कोपीला उत्कृष्ट खेलाडी

kapil award1kopila1
नेपाली भलीबलमा सर्वाधीक सफल प्रशिक्षक कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा रहेको टोली मिस्कीया इगेन माल्दीभ्समा भएकोे भुभा मुल्ला देखु दाइरा कपको उपाधि जित्न सफल भएको छ । शुक्रबार इमेनले फुनोद स्पोर्ट्स क्लबलाइ ३–१ ले पराजित ग¥यो । पहिलो सेट २२–२५ ले गुमाएको इमेनले त्यस पछिका सेट २२–२५,२५–२१,२५–२० र २५–१६ ले जित्यो । कपिल किशोर उत्कृष्ट प्रशिक्षक भए भने कोपीला खेलकी उत्कृष्ट खेलाडी भइन् ।
नेपाली भलीबलमा संघर्षसिल ब्यक्तित्व कोपीला सेमिफाइनलमा पनि उत्कृष्ट खेलाडी भएकी थिइन् । पहिलो खेलमा भने निमा श्रेष्ठ उत्कृष्ट खेलाडी भएकी थिइन् ।

Comment