माल्दीभ्समा कपिल किशोरको परिक्षा

voleyball nima and kopila1
नेपाली भलीबलमा सर्वाधीक सफल प्रशिक्षक कपिल किशोर श्रेष्ठको महत्वपूर्ण उपलब्धीको नजीक पुगेका छन् । शुक्रबार साझ माल्दीभ्समा हुने भुभा मुल्ला देखु दाइरा कपमा कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा रहेको मिस्कीया मागुइ इमेनले उपाधिका लागि फुनोद स्पोर्ट्स क्लब संग खेल्ने छ । कपिलको प्रशिक्षणमा रहेको टोलीमा कोपीला उप्रती र निमा श्रेष्ठ प्रमुख खेलाडीको रुपमा छन् । पहिलो चरणमा सो टोलीलाई जित दिलाउने क्रममा निमा उत्कृष्ट खेलाडी भएको थीइन भने सेमिफाइनलमा यो  सफलता कोपीलाले पाएकी थिइन् ।
घरेलु भलीबलमा तीनवटै विभागीय खेलकुदमा भलीबललाई स्थापीत गराउने मुख्य ब्यक्ति कपिल दुइ देशको घरेलु उपाधि जित्ने प्रशिक्षकको कीर्तिमानको नजीक पुगेका छन् । पहिलो चरणको परिणाम र निमा र कोपीलको परिपक्व खेलका कारण फाइनलमा पनि उनको टोली विजयी हुने अपेक्षा गरिएको छ ।

Comment